काठमाडौं –  माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सोमबार सुनुवाई हुँदैछ ।


ADVERTISEMENT


सुनुवाईका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलास तोकिएको छ । ओलीले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्ने विषयमा सुनुवाई हुन लागेको हो ।


ADVERTISEMENT

# # #


एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरूद्ध तीनवटा रिट दायर गरेका छन् । त्यसमध्येका दुई रिटमा सोमबार अन्तरिम आदेश दिने–नदिने विषयमा सुनुवाइ हुन लागेको हो।

एमाले अध्यक्ष ओलीले १४ जना सांसदलाई पार्टीले कारबाही गरेपछि सांसद पद निलम्बन गर्नु पर्नेमा नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध रिट दायर गरेका हुन् ।

सो रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि डाकेको थियो।

लुम्बिनी प्रदेशका २ सांसदलाई कारबाही गरिएकोमा प्रदेश सभामुखले नगरेको भन्दै दिएको तेस्रो रिटमा पनि सर्वोच्च अदालतले भदौ २८ लाई नै अन्तरिम आदेशका लागि छलफलका लागि बोलाएको छ ।