काठमाडौं – क्रिस्टियानो रोनाल्डोले छाडेपछि इटालियन सिरी क्लब युभेन्टसको खराब दिन सुरु भएको छ । जारी सिजनमा युभेन्टसले कुनै पनि खेल जितेको छैन । योसँगै युभेन्ट्सले खराब प्रदर्शनलाई जारी राखेको हो ।


ADVERTISEMENT


इटालीको घरेलु सिरी ए लिगमा मासिमिलानो एलेग्रीले दोस्रोपटक कमान्ड सम्हालिरहेको युभेन्ट्स नयाँ सिजनका सुरुआती तीन खेल खेलिसक्दा खराब स्थितिमा पुगेको हो ।


ADVERTISEMENT

# # #


सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नयाँ सिजनको पहिलो खेल खेलेर क्लब छाडेपछि युभेन्ट्सले त्यसपछिका दुईवटा खेल लगातार हारेको छ । सुरुआती तीन खेल सकिँदा युभेन्ट्स अंक तालिकामा रेलिगेसन जोन नजिक पुगेको छ ।

शनिबार राति सिजनको तेस्रो खेलमा युभेन्ट्सलाई अर्को बलियो टोली नापोलीले स्तब्ध बनायो । आफ्नो घरेलु मैदानमा नापोलीले पछि परेको स्थिति उल्टाएर अन्तिम समयमा जित निकालेको हो ।

यससँगै युभेन्ट्सले लगातार दोस्रो हार व्यहोरेको छ । यसअघि युभेन्ट्स नयाँ टोली इम्पोलीसँग आफ्नै घरेलु मैदानमा १–० ले हारेको थियो । त्यसपछि अर्को ठूलो खेलमा युभेन्ट्सले अग्रता बचाउन नसक्दा अर्को हार भोग्न बाध्य भयो ।