काठमाडौँ– अफगानस्तानी तालिबान सरकारले उच्च शिक्षासम्बन्धि नयाँ रणनीति सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


पछिल्लो पटक शासन गर्दा बालिका तथा महिलालाई शैक्षिक अधिकारबाट वञ्चित गराएको तालिबानीले यसपटक भने सो पक्षमा सुधार गर्दै नयाँ रणनीति सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


तालिबानी सरकारले यसपटक भने महिलालाई पढाई एवम् रोजगारमा रोक नलगाउने भएको छ । यद्यपि अध्ययनको क्रममा महिला एवम् पुरुषसंगै बसेर पढ्न नपाउने नियम उक्त नीतिमा लागू गरिएको छ ।

उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने तर पुरुषहरूसँगै बसेर भने पढ्न नपाउने बताएको बीबीसीले जनाएको छ । तर, विश्वविद्यालयमा महिला तथा पुरुषलाई छुट्टाछुट्टै राखेर अध्ययन गराउने पर्याप्त स्रोत साधन नभएकोले यस रणनीतिबाट धेरै महिलाहरु अझै पढाईबाट वञ्चित हुने आकलन गरिएको छ ।

यद्यपि हक्कानी भने महिला शिक्षकहरुको संख्या पर्याप्त रहेको दाबी गर्दछन् । कमी भएको स्थानमा दोस्रो विकल्प सोचिने उनले बताए । उनले भने, ‘यो सब विश्वविद्यालयको क्षमतामा निर्भर गर्दछ । पर्दा पछाडिबाट पढाउनका लागि पुरुष शिक्षक वा प्रविधिको सहयोग लिन सक्नेछन् ।’

यसैगरि, विद्यालय पोसाकको सन्दर्भमा अफगानिस्तानका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याइने छ भने इस्लामी ड्रेस कोड लागू गरिने छ । छात्राहरुले हिजाब (पूरै शरीर ढाकिने पोशाक) लगाउनु पर्नेछ ।

राष्ट्रपति भवनमा तालिबानले आफ्नो झण्डा फहराएको भोलिपल्ट उच्च शिक्षा नीति घोषणा गरेको हो । यसलाई तालिबान शासन सुरु भएको संकेतको रुपमा हेरिएको बीबीसीले जनाएको छ ।