कुश्मा – कुश्मामा असोज १ गतेदेखि विद्यालय खुल्ने कुश्मा नगरपालिकाले सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्ने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण हुन थालेपछि आइतबार बसेको नगर शिक्षा समितिको बैठकले बन्द रहेका विद्यालय खोल्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


नगरप्रमुख रामचन्द्र जोशीले आगामी असोज १ गतेबाट सबै विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए। नगरपालिकामा सङ्क्रमणको दोस्रो लहरपश्चात् वैशाखदेखि भौतिक उपस्थितिमा हुने पठनपाठन रोकिएको थियो ।


ADVERTISEMENT

# # #


केही विद्यालयले अनलाइनमार्फत पढाइ सञ्चालन गरे पनि ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले इन्टरनेटको असुविधाका कारण अनलाइन कक्षा सञ्चालन गर्न सकेका थिएनन् ।

विद्यालयलाई अनिवार्यरुपमा स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरिएको नगरप्रमुख जोशीले बताए ।

नगरपालिकाभित्र ६७ सामुदायिक र १४ संस्थागत विद्यालयमा करिब नौ हजार विद्यार्थी अध्ययनरत छन् । मोदी, विहादी, महाशिला र पैंयुमा यसअघि नै भौतिक उपस्थितिमा विद्यालय खुलिसकेका छन् ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर स्थानीय तहले विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरिएको थियो ।