काठमाडौं – नेपाली का‌ंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह छलफलमा जुटेको छ ।  पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सञ्चालन र राजनीतिक नियुक्तिमा एकलौटी गरेको भन्दै पौडेलको समूह छलफलमा जुटेको हो ।


ADVERTISEMENT


देउवाले गृह जिल्ला डडेलधुरामा राज्यशक्तिको दुरुपयोग गर्दै पार्टीको वडा अधिवेशनमा प्रहरी दमन गरेको भन्दै पौडेल समूह रुष्ट छ । पौडेल समूहका एक नेताका अनुसार पार्टी महाधिवेशन, सरकार विस्तारमा भएको ढिलासुस्ती र राजनीतिक शक्ति बाँडफाँटमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले गरेको एकलौटीपनको विषयमा छलफल हुँदैछ ।


ADVERTISEMENT

# # #


यसअघि आइतबार पनि सोही समूहका शिर्ष नेताहरुबीच छलफल भएको थियो । पौडेल निवासमा भएको छलफलमा आफू निकट केन्द्रीय सदस्यहरुसँग परामर्श गरेर मात्र भावी कदम चाल्ने सहमति भएको थियो । सहमति बमोजिम बैठक आज बस्न लागेको हो ।

बैठकमा २० जिल्लाको क्रियाशील सूची तत्काल सार्वजनिक गरेर संसोधित कार्यतालिका बमोजिम अधिवेशनको माग गर्ने तयारी छ ।