काठमाडौँ – आईसीसी ओडीआई लिग–२ का लागि ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध खेल्दैछ । नेपालले ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट स्टेडियममा पीएनजीसँगको दुई खेलको एकदिवसीय सिरिजको दोस्रो तथा अन्तिम खेल खेल्न लागेको हो ।


ADVERTISEMENT


खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । यसअघि नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो । पीएनजीले दिएको १३५ रनको सामान्य चुनौति नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।


ADVERTISEMENT

# # #


सुरुवात राम्रो रहे पनि मिडिल अर्डर ध्वस्त हुँदा नेपालले कठिन जित निकालेको थियो ।

नेपालले ओडीआई लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्ध आउँदो आइतबार (सेप्टेम्बर १३) देखि २० सेप्टेम्बरसम्म खेल्दैछ । नेपालका लागि पीएनजीसँगको एकदिवसीय खेल त्यसको तयारीका रुपमा रहेको छ ।