काठमाडौँ – प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । एमाले सांसदहरुले निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।


ADVERTISEMENT


यसअघि बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेपछि पनि १५ मिनेट स्थगित भएको थियो । पुनः सुरु भएको बैठकमा एमालेको अवरोध कायमै रहे पनि सभामुख सापकोटाले संसदको कार्यसूचि अघि बढाएका थिए ।


ADVERTISEMENT

# # #


एमाले सांसद नाराबाजी गरिरहँदा सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न अनुमति दिए । अवरोधकैबीच उक्त अध्यादेश पेश गरिएको छ । अध्यादेश पेश गरिसकेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

नेकपा एमालेले माधव कुमार नेपालसहितका १४ जना सांसदहरुलाई पार्टीले गरेको कारबाही सभामुख सापकोटाले सदर नगरेको भन्दै विरोध गरिरहेको छ । एमाले सांसदहरुले नेपालसहितका १४ जना गैरसांसद रहेकाले उनीहरुलाई संसदमा राखुञ्जेल बैठक चल्न नदिने भन्दै अवरोध गर्दै आएको छ ।