काठमाडौँ – एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ ।


ADVERTISEMENT


ओलीलाई भेट्न एमसीसीका प्रतिनिधिहरु बालकोट पुगेका थिए । भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसीका बारेमा एमालेको धारणा बुझ्न खोजेकी थिइन् । एमसीसी अनुदानका विषय भएकाले यसमा विवाद हुनु नपर्ने सुमारको भनाई थियो । भेटपछि एमसीसी उपाध्यक्ष सुमारले संक्षिप्त प्रतिक्रिया दिदै नेपालमा आउदा खुसी लागेको प्रतिक्रिया दिइन् ।


ADVERTISEMENT

# # #


त्यस्तै एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसीका प्रतिनिधिले एमालेको पोजिसनका बारेमा जानकारी लिएको बताए । ओलीले भेटघाटका लागि धन्यवाद दिदै एमसीसी सम्झौताका बारेमा आफ्नो नेतृत्वको सरकारले अघि बढाए पनि अहिले प्रतिपक्षमा रहेको बताएको भट्टराईले जानकारी दिए । उनले आफूहरु सरकारमा रहँदा सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै अहिले सरकारले एमालेसँग यसबारे कुनै परामर्श नगरेको भनाई राखिएको बताए ।

बिहीबार नै नेपाल आएको एमसीसी प्रतिनिधि मण्डलले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगाइतका नेतासंग भेट गर्ने कार्यक्रम छ ।

त्यस्तै शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट हुने बताइएको छ । नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन् ।