काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सरकारले पार्टीसँग छलफल गरेपछि मात्रै आवश्यक निर्णय लिने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार निजी निवास बालकोटमा भएको भेटमा ओलीले एमसीसीकी उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले ओलीलाई एमसीसीबारे एमालेको धारणा मागेका थिए । जवाफमा ओलीले एमसीसी प्रतिनिधिमण्डललाई एमाले अहिले प्रतिपक्षीका रुपमा रहेको र सरकारले एमसीसीबारे एमालेसँग छलफल नगरेकाले एमालेले अहिले कुनै निर्णय नलिएको बताए ।


ADVERTISEMENT

# # #


उनले पार्टीभित्र असहमति हुँदाहुँदै पनि आफु नेतृत्वको सरकारले एमसीसी संसदमा टेबुल गराए पनि सभामुख लगायतका केही व्यक्तिहरुका कारण सफल हुन नसकेको उल्लेख गरे । उनले भने, ‘सरकारको तर्फबाट हामीले यसलाई संसदमा टेबुल गरेका थियौँ । तर, सभामुख लगायतका केही व्यक्तिको भूमिकाका कारण त्यो सफल हुन सकेन । अहिले हामी प्रतिपक्षमा छौँ । हाम्रो भूमिका बदलिएको छ ।’

उनले सरकारले एमसीसीबारे छलफल गरे एमालेले आफ्नो धारणा राख्ने बताए । हिजो सरकारमा हुँदा गरेका कुराहरु आज गर्न नमिल्ने बताउँदै उनले भने, ‘हामीलाई सत्तापक्षले यसबारेमा कुनै पनि कुराहरु छलफल गरेको छैन । सत्तापक्षबाट कुनै निर्णय नआइसकेको र कुनै किसिमको अप्रोच हामीलाई नगरिरहेको अवस्थालाई त्यही हिसाबले बुझिदिनेहोला ।’

सत्तापक्षले एमसीसीबारे आफ्नो कित्ता स्पष्ट पारेपछि मात्रै एमालेले आवश्यक निर्णय लिने बताए । एमसीसीको प्रतिनिधिमण्डल आज बिहानमात्रै नेपाल आइपुगेको थियो ।