काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिभाका सभामुख अग्नि सापकोटाविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले दायर गरेर रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।


ADVERTISEMENT


पार्टीको निर्णय अनुसार माधव कुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्न नगर्ने सभामुख सापकोटाको निर्णयविरुद्ध अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए । तर, मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले अन्तरिम आदेश दिन नमानेको हो ।


ADVERTISEMENT

# # #


यद्दपी सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि भदौ २८ गते सभामुख सापकोटा र अध्यक्ष ओली दुबै पक्षलाई बोलाएको छ ।