काठमाडौँ – पहिलो एक दिवसीयले क्रिकेट खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई १३५ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


आनेमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ थालेको पीएनजी ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाएको हो । पीएनजीलाई सस्तैमा समेट्ने क्रममा १० ओभरमा ३५ रन खर्चिका सन्दीप लामिछानेले चार विकेट चट्काए ।


ADVERTISEMENT

# # #


उनले कार्लस अमिनीलाई २३ रनमा पेवेलियनको बाटो देखाए भने सीसी बाउलाई १४ रन बनाउँदा कुशल मल्लको हातबाट क्याच आउट गराए भने जासन किलालाई एलबीडब्ल्यूको धरापमा पारे । यस्तै नोसैना पोकानालाई १ रनमा एलबीडब्ल्यूमा आउट पारे ।

यस्तै कुशल मल्ल र विक्रम सोबले २–२ विकेट लिए । नेपालका लागि डेब्यू आजै डेब्यू गरेका मध्यम गतिका बलर विक्रमले नेपाललाई पहिलो र दोस्रो विकेट दिलाए । ५ ओभरमा १ मेडेनसहित २० रन खर्चिका उनले आफ्नो डेब्यू खेलको पहिलो बलमै विकेट लिन सफल भए । जसक्रममा उनले १.१ ओभरमा टोनी उरालाई व्यक्तिगत १ रनमा बोल्ड आउट गरे भने चौथो ओभरको अन्तिम बलमा कप्तान असाद भालालाई व्यक्तिगत ४ रनमा आरिफ शेखबाट क्याच आउट गरे ।

७ ओभर बलिङ गर्दा १ मेडेनका साथ १९ रन खर्चिएका कुशलले लेगा सियाकालाई ३० रनमा कट एण्ड बोल्ड गरे भने किप्लिन डोरिगालाई कुशल भुर्तेलबाट क्याच आउट गराए । यस्तै सोमपाल कामीले ७ ओभरमा ३७ रन खर्चिएर १ विकेट लिए ।

पीएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३० रन जोडे । ३८ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे । यस्तै कार्लस अमिनीले २३, गौडी टोकाले २२, सीसी बाउले १४ रन बनाएर आउट हुँदा चाद सोपेर १७ रनमा नटआउट रहे ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।