काठमाडौंँ– बोटलर्स नेपाल (तराई) लिमिटेड तथा नेपाल युवा परिषद्ले युवालाई आइडिया पिचिंग प्रतियोगितामा भाग लिन आह्वान गरेको छ ।


ADVERTISEMENT


नेपालमा कोका–कोला कम्पनीको आधिकारिक बोटलिगं साझेदार रहेको बोटलर्सले नेपाल युवा परिषद्सँगको सहकार्यमा हुन लागेको उक्त नवीन प्रतियोगिताको लागी भाग लिन आह्वान गरेको  हो ।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार, प्रतिस्पर्धीले प्रतियोगितामा ‘युथ इन्गेज्मेन्ट इन क्लाइमेट एक्सन इनिसिएटिभ’ भन्ने विषयमा आफ्नो धारणा लेखेर पठाउनु पर्नेछ । र, तीनैमध्ये उत्कृष्ट विचारहरुलाई पुरस्कृत गर्ने कम्पनीले जनाएको छ ।

प्रतियोगितामा भाग लिनका लागि युवाहरुले [email protected] मा ईमेल पठाएर वा https://bit.ly/3ADafA8 मा गएर फर्म भरी आफ्नो विचारहरु पेश गर्नुपर्नेछ ।

जुन सेप्टेम्बर २१, २०२१ मा आयोजना हुने भनिएको उक्त प्रतियोगितामा भाग लिन व्यक्तिले सेप्टेम्बर ७ सम्ममा आवेदन दिइसक्नु पर्नेछ ।