काठमाडौँ – कृषि विकास बैंक लिमिटेडले कृषि सम्बन्धी बेचबिखनदेखि विउ/मलखाद/मौसमसमेत जानकारी हुने व्यवस्था समेतको किसान क्रेडिट कार्ड उपलब्ध गराएको छ ।


ADVERTISEMENT


बैँकले काठमाडौँको दक्षिणकाली नगरपालिकाको वडा नं. ३ चोखेलमा बसोबास गर्ने स्थानीय किसानहरुलाई उक्त कार्ड उपलब्ध गराएको हो । बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनिल कुमार उपाध्यायले प्रारम्भिक रुपमा ८३ वटा कार्ड किसान ग्राहकहरुलाई उपलब्ध गराएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा सीईओ उपाध्यायले किसान क्रेडिट कार्डको महत्व र फाईदाका बारेमा प्रकाश पार्दै बैंकले उपलब्ध गराएका अन्य सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु संचालन गर्ने सेमत बताए ।

यस्तै वडाअध्यक्ष शिवभक्त बलामीले कार्यक्रमलाई सम्बोधन गर्दै बैंकले उपलव्ध गराएको सेवा प्रति आभार व्यक्त गरे । आगामी दिनमा पनि बैंकले यस्तै प्रकृतिका सेवाहरु विस्तार गर्दै जानसकोस् भन्दै बैंकको थप प्रगतिका लागि शुभकामना समेत व्यक्त गरे ।

सोही क्रममा उनले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लामो इतिहास बोकेको नेपालको पूरानो विधुत गृह चन्द्रज्योति पावरहाउसको परिसरमा राख्ने गरी १० थान डस्वीन वडाका वडा अध्यक्षलाई हस्तान्त्रण समेत गरे ।

उक्त कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं. ३ को वडाअध्याक्ष शिवभक्त बलामी, कृष्ण सहकारीका अध्यक्ष लक्ष्मी देवकोटा बैंकका उपमहाप्रबन्धकयज्ञप्रकाश न्यौपाने, बैँकका विभागीय प्रमुखद्वय गिरिधारी पौडेल, सुन्दर खतिवडा, बैंकका सदभावनादूत आश्रा कुंवर, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल लगायतको उपस्थिति रहेको थियो ।