काठमाडौँ – नेपालमा बिहीबार थप २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १० हजार ६ सय ५८ पीसीआर परीक्षणका क्रममा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टीजेन परीक्षणका क्रममा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २०८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


नेपालमा हालसम्म कोरोनाका कारण १० हजार ७८६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ हजार ८ सय ४६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २१ हजार १ सय ८२ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३३ हजार ९ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र ३०२ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म ३९ लाख ३६ हजार ४ सय १६ वटा पीसीआर र ४ लाख ७७ हजार २ सय ६० वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।