काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई मोबाइलबाटै जरिवाना तिर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लंघन भएमा चालकले क्‍यूआर कोडबाटै जरिवाना भुक्तानी गर्न मिल्ने सफ्वेयर बनाएको हो ।


ADVERTISEMENT


यसअघि ट्राफिक नियम उल्लंघन भएमा चालकले भुक्तानीका लागि बैंक जानुपर्ने बाध्यता रहेको थियो । महाशाखाका प्रवक्त एसपी सञ्जीव शर्मा दासले क्युआर अब ट्राफिक नियम उल्लंघन भएमा क्युआर कोडमार्फत मोबाइलबाटै जरिवाना चालके तिर्न सक्ने बताए ।


ADVERTISEMENT

# # #


‘अब सवारी नियम उल्लंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले क्युआर कोड भएको चिट दिनेछ,’ उनले भने, ‘चालकले क्युआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा गर्न सक्ने छन् ।’