नयाँ दिल्ली– भारतीय टेलिभिजन कलाकार एवम् चर्चित रियालिटि सो बिग बोस सिजन १३ का विजेता सिद्धार्थ  शुक्लाको मृत्यु भएको छ।


ADVERTISEMENT


टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका शुक्लाको बिहीबार कुपर अस्पतालमा मृत्यु भएको हिन्दुस्तान टाइम्समा उल्लेख छ ।


ADVERTISEMENT

# # #


४० वर्षीय शुक्ला आज बिहान अचानक हृदयघातका शिकार भएका थिए । र, यसैबाट उनको मृत्यु भएको अस्पतालले जनाएको हो ।

शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर सुरू गरेका शुक्लाले टेलिभिजन सिरियल ‘बाबुलका आंगन छुटे ना’ बाट डेब्यू गरेका थिए । उनी आफ्ना दुई बहिनी र आमासंग बस्दै आएका थिए ।