काठमाडौँ– निन्द्रा प्रत्येक प्राणीको जीवनमा नभई नहुने एक अत्यावश्यक पक्ष हो । पाचन प्रक्रियादेखि शारीरिक ऊर्जा समेतमा प्रमुख भुमिका निर्वाह गर्ने यसलाई मानवीय जीवनका लागि झनै महत्वपूर्ण मानिन्छ ।


ADVERTISEMENT


जसकारण पनि व्यक्तिले उचित मात्रामा सुत्नुपर्छ भन्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ । अन्यथा उचित निन्द्राको अभावमा व्यक्तिमा विभिन्न समस्या देखा पर्दछ । उसो भए आवश्यक निन्द्राको समय अवधि कति हो त?


ADVERTISEMENT

# # #


यो व्यक्तिको उमेर समूह अनुसार, फरक–फरक रहने चिकित्सकहरु बताउँछन् । सामान्यतयाः कुनै पनि व्यक्तिलाई ७ देखि ८ घन्टासम्मको उचित निन्द्रा आवश्यक पर्छ ।

तर, केहि यस्ता व्यक्ति पनि हुन्छन्, जो हर समय सुतेरै बिताउने चाहाना राख्छन् । अर्थात्,  कतिपय व्यक्तिहरु आवश्यकता भन्दा धेरै सुत्ने वा उनीहरुलाई तुलनात्मक रुपमा अन्य व्यक्तिलाई भन्दा बढि निन्द्रा लाग्ने समस्या हुन्छ । जसकारण उनीहरु दिउँसोको समयमा पनि सुत्ने गर्छन् । व्यक्तिको यस्तो बानी के सामान्य नै हो त ?

आवश्यकताभन्दा बढि सुत्नु पनि शरीरका लागि हानिकारक रहने विज्ञहरु बताउँछन् । अर्काे शब्दमा भन्नुपर्दा व्यक्तिको लामो समयसम्म सुत्ने बानीले उसको स्वास्थ्य स्थितितर्फ संकेत समेत गरिरहेको हुन्छ । तुलनात्मक रुपमा यस्ता निम्न स्वास्थ्य अवस्था भएका व्यक्तिलाई बढि निन्द्रा लाग्ने गर्दछः

-स्लिप एप्निया
-गर्भावस्था
-बुढ्यौलीपन
-डिप्रेशन
-हाइपो–थाइराइड
-मुटुरोग
-केहि विशेष औषधिको सेवन।

तसर्थ लगातार निन्द्रा लागिरहने वा जुनसुकै समयमा पनि सुत्न मन लाग्ने समस्या देखिएमा व्यक्तिले यो के कारणले देखिएको हो? भन्ने थाहा पाउनका लागि समयमै आफ्नो स्वास्थ्य परिक्षण गराउनु पर्छ, भने यस विषयमा व्यक्तिले सम्बन्धित चिकित्सकको परामर्श समेत लिन सकिन्छ ।

आवश्यकभन्दा बढि सुताईले व्यक्तिमा निम्त्याउँछ, यस्ता जोखिम

स्वस्थ स्वास्थ्यको निम्ति अपरिहार्य मानिने निन्द्रा वा सुताई आवश्यकभन्दा बढि भएमा यसले व्यक्तिलाई हानि समेत गर्ने विभिन्न अध्ययनहरुले पत्ता लगाएको छ । तसर्थ स्वस्थ स्वास्थ्यका लागि कुनै पनि व्यक्ति कति समय अवधिसम्म सुत्छ? भन्दा पनि उसले कति समय उचित निन्द्रा सुत्यो भन्ने कुरा महत्वपुर्ण रहन्छ ।

तर, केहि यस्ता समूहहरु पनि छन्, जो सामान्य स्वास्थ्य अवस्थाका बाबजुद पनि उनीहरु अल्छिपनको कारण धेरै र आवश्यकता भन्दा बढि सुत्ने गर्छन् । जसले उनीहरुमा आलस्यता प्रदान गर्नुका साथै टाउको दुखाई, मोटोपन, मधुमेह, ढाडको दुखाई, डिप्रेशन, मुटु रोगका साथै मृत्युको जोखिम समेत निम्त्याइ रहेको हुन्छ ।

तसर्थ व्यक्तिमा यस्ता समस्या ननिम्तियोस् भन्नकै लागि भएपनि हामीले आवश्यक पर्याप्त निन्द्रा मात्रै उपभोग गर्नुपर्छ । उचित र पर्याप्त निन्द्राका लागि व्यक्तिले निम्न पक्षहरुमा विशेष जोड दिनुपर्दछः

नियमित शारीरिक व्यायाम

-शारीरिक रुपमा सक्रिय रहने
-चिल्लो, गुलियो एवम् मसालेदार खानाको कम प्रयोग गर्ने
-जंकफुडलाई बाहिष्कार गर्ने
-सुत्ने र उठ्ने तथा दैनिक तालिका बनाई त्यसलाई कडा रुपमा अनुशरण गर्ने
-सुत्ने समयमा कक्षलाई शान्त एवम् अध्याँरो राख्ने
-र, आफ्नो दैनिक जीवनशैलीमा ध्यान दिने ।

एजेन्सी ।