वीरगञ्ज– भारतीय दूतावासले बाढीपिडिका लागि अस्थायी आवासका निमित्त आवश्यक सामाग्री प्रदान गरेको छ ।


ADVERTISEMENT


बुधबार एक समारोहबीच दूतावासका महावाणिज्य दूत नितेश कुमारले सांसद तथा नेपाल–भारत महिला मैत्री समाज(NIWFS) की अध्यक्ष चन्दा चौधरीलाई बाढीपिडिका लागि अस्थायी आवासको निम्त्ति आवश्यक पर्ने राहतका सामाग्री हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


जसअन्र्तगत टेन्ट, फेमिलि रिजिड टेन्ट सिंगल र डबल), प्लास्टिक सिट्स तथा स्लिपिङ ब्याक लगायतका सामाग्रीहरु रहेको थियो ।

राहत हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले सहयोगका लागि भारत सरकारप्रति आभार रहेको जनाउँदै सामाग्री प्रदेश २ का बाढीपिडितबाट अत्यन्त प्रभावित ६ जिल्लाका परिवारहरुलाई वितरण गरिने बताइन् । ‘भर्खरै आएको बाढी र जनधनको क्षतिलाई ध्यानमा राखी पूरै खेप मैत्री समाज (NIWFS) मार्फत स्थानीय प्रशासन संग समन्वय गरी प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा वितरण गरिनेछ’, उनले भनिन् ।

यसैगरि भारतका तर्फबाट कुमारले भने उक्त उपहार नेपाल भारत सहयोग अन्तर्गत भारत सरकारको नियमित मानविय सहायता र नेपाललार्इ विपद् राहत सहयोगको हिस्सा रहेको अभिव्यक्ति दिए ।

उक्त समारोह पछि कार्यक्रममा कुमार र चौधरीले प्राप्त उक्त राहत सामाग्रीे संयुक्त रुपमा जगनाथगाउँपालिका एवम् पर्सागढी नगरपालिकाका झण्डै एक सय जना बाढीपिडितलाई एक/एक वटा पाल र सुत्ने म्याट प्रदान गरेका थिए ।