काठमाडौँ – नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) द्वारा प्रदान गरिने ‘वेस्ट प्रेजेन्टेड एन्यूअल रिपोर्ट २०२०’ नेपाल एसबिआई बैंक दोस्रो भएको छ । उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ क्षेत्रमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले बैंकलाई प्रदान गरेको हो ।


ADVERTISEMENT


मंगलबार आयोजित एक कार्यक्रममा आईक्यानका अध्यक्ष सीए मदन कृष्ण शर्माद्वारा नेपाल एसबीआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई उक्त पुरस्कार प्रदान गरियो ।


ADVERTISEMENT

# # #


नेपाल एसबीआइ बैंकले ८८ शाखा, १९ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय ६ शाखा रहित बैंकिङ सेवा तथा १ कर्पोरेट अफिस गरी १२१ आउटलेटहरुका साथै १२२ एटीएममार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।