काठमाडौँ– नेकपा एमाले तारकेश्वर नगर कमिटीको आयोजनामा मंगलबार राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी तथा वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


तारकेश्वर नगर कमिटिले आज तारकेश्वर–११ स्थित नेपालटारको कान्तिपुरि एबि पाटि प्यालेसमा एक समारोहबीच राष्ट्रिय युवा सघ नेपालको नगर कमिटी तथा वडा कमिटी गठन एवम् शपथ कार्यक्रम सम्पन्न गरेको हो ।


ADVERTISEMENT

# # #


नव गठित उक्त कमिटिमा ५५ सदस्य रहेका छन् । जसको संयोजकमा सुमन महर्जन र सचिवमा सुरज कुमार भट्टराई चयन भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य तथा पुर्व भौतिक पुर्वाधार मन्त्री केशव स्थापित र तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, तारकेश्वरका विभिन्न वडाका जनप्रतिनिधिलगायत नेकपा एमालेका विभिन्न तहका नेताहरूको समेत उपस्थिति रहेको थियो ।