काठमाडौँ – नेपालमा मंगलबार थप १ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ९ हजार १ सय १७ पीसीआर परीक्षणका क्रममा १ हजार ५ सय २३ जना र ३ हजार १ सय ५ एन्टीजेन परीक्षणका क्रममा १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४६ हजार १५२ पुगेको छ । त्यस्तै थप २० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


यो संगै नेपालमा कोरोनाका कारण १० हजार ७५० संक्रमितले ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख १६ हजार ३०६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल ३५ हजार ५ सय ९१ सक्रिय संक्रमित आइशोलेशन र ३२९ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३९ लाख १५ हजार १४६ वटा पीसीआर र ४ लाख ६८ हजार ९ सय ४५ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।