काठमाडौँ – नेता प्रदीप नेपाल माधव कुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीबाट अलग्एिका छन् । सोमबार समाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै नेता नेपालले माधवको साथ छोडेको बताएका हुन् ।


ADVERTISEMENT


उनले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तलाई स्वीकार नगरिएकाले पार्टी छाडेका बताएका छन् । नेता नेपालले माधव नेपाल पनि केपी ओलीजस्तै झेली भएको र आफूले अन्त्यमा धोका उपहार लिएर जानु परेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले पार्टीले जबजलाई अंगिकार नगर्ने हो भने आफूलाई पार्टीमा नराख्न भनेको समेत स्पष्ट पारेका छन् । उनले फेसबुकमा भनेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर, आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। बिदा।’

केही पहिले माधवको नयाँ पार्टीमा नजाने बताएका नेता नेपाल निर्वाचन आयोगले भदौ ९ गते पार्टी दर्ताको प्रक्रिया ट्ंग्याउन सनाखतका लागि बोलाएपछि भने आयोग नै पुगेर माधवलाई समर्थन गरेका थिए ।