काठमाडौँ – हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डासहित वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति, नेपाल घोषणा गरिएको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका हुन् । राष्ट्रियता कमजोर हुँदै गएको, सार्वभौमिक सर्वोच्चता र राष्ट्रिय अखण्डताको रक्षा हुन नसकेको र नेपालीहरुको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण हुन नसकेको भन्दै नयाँ शक्ति घोषणा गरिएको त्रिपाठीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले जनता, राजसंस्था र राजनीतिक दलहरुबीचको समन्वयकारी राजनीतिक प्रणाली, सवल र सुदृढ राष्ट्रिय सेना तथा न्याय, सुरक्षा, शिक्षा र स्वास्थ्य सेवा निशुल्क गर्ने पार्टीको प्रतिवद्धता रहेको बताए । उनले अहिलेको संविधानका राष्ट्रविरोधी प्रावधान खारेज गर्नुपर्ने धारणा पनि राखे । मुलुकमा शान्ति र स्थिरता खोज्ने हो भने सबैको अस्तित्व स्वीकार गर्नुपर्ने उनको भनाई छ ।

आफुले बोकेका एजेन्डा देशको लागि भएको र अरुले बोकेका एजेन्डा विदेशीका भएको त्रिपाठीले बताए ।