काठमाडौँ– भारत सरकारले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट उपलब्ध गराएको छ ।


ADVERTISEMENT


आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा भारतले नेपाललाई निरन्तर सहयोग गरेकामा सराहना व्यक्त गरेका छन् । यसका साथै कोभिड–१९ विरुद्ध सबै एकजुट हुनसके मात्र नियन्त्रण गर्न सकिने भन्दै श्रेष्ठले नेपालले यसको महामारीको रोकथाम र नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको जनाए । उनले लक्षित सबै समुदायलाई खोप उपलब्ध गराउने गरी सरकारले खोप ल्याइरहेको जानकारी दिएका छन् ।

यस्तै, भारतीय राजदूत क्वात्राले पनि कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा भारतले नेपाललाई निरन्तर सहयोग गरेको बताए। भारतले उपलब्ध गराएको उक्त अक्जिसन प्लान्टले दैनिक २०० बिरामीलाई एकैपटक अक्सिजन उपलब्ध गराउन सकिन्छ । भारत सरकारको सहयोगमा नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गरिएको छ ।