विराटनगर – प्रदेश नं. १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको शपथ ग्रहण लगत्तै पद बहाली गरेका छन् ।


ADVERTISEMENT


उनलाई बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नेपालको संविधानको धारा १६८ (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा निवर्तमान मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।

यसअघि आचार्य आजै नेकपा (एमाले) प्रदेश नं १ को संसदीय दलको नेतामा चयन भएका थिए ।