काठमाडौँ – जनगायक जुठबहादुर खड्की (जेबी टुहुरे)को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।


ADVERTISEMENT


उनलाई मुटुसम्बन्धी समस्या, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या थियो। टुहुरे गत भदौ १ गते पक्षघात भएर घडेका थिए । लगत्तै उनको परिवारले उपचारका लागि अस्पताल पुयार्एको थियो ।


ADVERTISEMENT

# # #


जनगायक टुहुरे वि.सं. २००१ कात्तिक १५ गते धरानमा जन्मिएका थिए । वि.सं. २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भए पछि उनले आफ्नो नामको पछाडी टुहुरे जोडेका थिए ।

टुहुरे कम्युनिष्ट आन्दोलनलाई गीतको माध्यमद्वारा अगाडि बढाउने सर्जकका रुपमा चिनिन्छन् । टुहुरेको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःरुख व्यक्त गरेका छन् ।