काठमाडौँ – नेपालमा बुधबार थप २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ९ हजार ७ सय ११ पीसीआर परीक्षणका क्रममा १ हजार ८ सय ६२ र ५ हजार ५ सय ७९ एन्टीजेन परीक्षणका क्रममा ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३४ हजार ४५० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ६ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै थप १ हजार ७ सय ८१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ३ हजार ९ सय ६४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३८ हजार २ सय ८७ सक्रिय संक्रमित आइशोलेशन र ३९६ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३८ लाख ५९ हजार १५ वटा पीसीआर र ४ लाख ४५ हजार ६५७ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।