काठमाडौँ – काठमाडौं महानगरपालिकाले घरजग्गा–सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको छ ।


ADVERTISEMENT


बुधबार काठमाडौं वडा नंवर २२ स्थीत आर वी कम्प्लेक्स, केशा प्रोपर्टिज प्रालि लगाएतमा पुगी कर बक्यौता बाँकी रहेको भन्दै पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको हो । सो क्रममा महानगरले कर तिर्न सूचना टाँस गरेको छ ।


ADVERTISEMENT

# # #


यसअघि सूचना प्रकाशित गरी ३० दिनभित्र कर तिर्नका लागि भनिएकोमा अटेर गरेकाले पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको काठमाडौं महानगर राजस्व विभागका सहायक निरीक्षक प्रतिक लामाले जानकारी दिए ।

महानगरपालिकाले सात दिनभित्र कर नबुझाएमा कानूनअनुसार प्लाजाका सम्पूर्ण पसल तथा व्यावसायिक गतिविधि बन्द गराउने जनाएको छ । घरजग्गा–सम्पत्ति कर नतिर्नेहरुमा कान्तिपुर होटल, होटल प्लाटिनियम, ह्वाइट फिल स्कुल, रञ्जना टे«ड सेन्टर लगाएतका छन् ।