काठमाडोँ– टीकापुर घटनाका कारण कारागार सजाय भोगिरहेका सांसद रेशम चौधरीलाई कार्यकारीणी सदस्यको हकमा सनाखत गराउने भएको छ ।


ADVERTISEMENT


लोकतान्त्रिक समाजवादी दर्ता प्रक्रियाका लागि नेताहरु सनाखत गराउन लागिपरे पनि चौधरीले भने सनाखत गर्न पाउने छैनन् । जसकारण उनलाई कार्यकारीणी सदस्यको हकमा सनाखत गराउने भएको हो ।


ADVERTISEMENT

# # #


चौधरीलाई कारागारबाट नै सनाखत गरिने नेता राजेन्द्र महतोले जानकारी दिएका छन् ।

उनी वि.सं २०७२ भदौ ७ गते भएको मधेश–थरुहट आन्दोलनको कैलाली टिकापुर घटनाको मुख्य अभियुक्तको रुपमा आफ्नो सजाय कटाइ रहेका छन् ।

यता दल दर्ता प्रकृयाको लागि आयोगले साढे ११ बजेदेखि २ बजेसम्मको समयसीमा तोकेको थियो । यसका लागि महन्थ ठाकुरको टोली समयमै निर्वाचन आयोग पुगिसकेका छन् ।