काठमाडौँ– नयाँ दल ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि निवेदन पेश गरेका नेताहरु सनाखतका लागि माधव नेपालसंगै निर्वाचन आयोग पुगेका छन् ।


ADVERTISEMENT


सनाखतका लागि आयोगले तोकिएको साढे ११ बजेदेखि २२ बजेसम्म तोकिएको समयसीमाभित्र नेताहरु आयोग पुगेका हुन् ।


ADVERTISEMENT

# # #


राजनीतिक दलसम्बन्धी शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशले दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत हुनुपर्ने नियम तोकेको छ । यसका लागि नेपाल समूह केन्द्रीय कमिटी २० प्रतिशत पुर्‍याउने दौडधुपमा लागेका छन् ।

दल दर्ताका लागि एमाले नेता प्रदीप नेपालसहित एमाले पक्षबाट अन्य ५७ सदस्यले हस्ताक्षर गरेका छन् ।