एजेन्सी – तालिबान समूहले अफगानिस्तानमा सरकार गठन शुरु गरेको छ ।


ADVERTISEMENT


२० वर्षपछि सत्ता कब्जामा लिएको तालिबानले अर्थमन्त्री, कार्यवाहक गृहमन्त्री, काबुलको गर्भनर र शिक्षा विभाग प्रमुखका साथै गुप्तचर प्रमुखसम्म नियुक्त गरेको छ ।


ADVERTISEMENT

# # #


अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार तालिबानले गुल आगालाई अर्थमन्त्री र सदर इब्राहिमलाई कार्यवाहक गृहमन्त्री, सखउल्लाहलाई कार्यवाहक शिक्षा प्रमुख र अब्दुल बाकीलाई उच्च शिक्षाको कार्यवाहक प्रमुख नियुक्त गरेको छ ।

यसैगरी मुल्ला शिरिनलाई काबुलको गभर्नर, हमदुल्ला नोमानी काबुलको मेयर र नजिबुल्लाह गुप्तचरको प्रमुख नियुक्त गरिएको छ ।