काठमाडौँ – नेपालमा बिहीबार थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ११ हजार ९४६ पीसीआ परीक्षणका क्रममा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ एन्टीजेन परीक्षणका क्रममा ७५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार ६०५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


हालसम्म नेपालमा १० हजार ४२९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै दुई हजार १ सय २६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ९१ हजार २ सय ९९ जना निको भएका छन् ।

हाल नेपालमा ४० हजार ५ सय सक्रिय संक्रमित आइशोलेशन र ३८५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३८ लाख ३ हजार १५ वटा पीसीआर र ४ लाख १६ हजार ९८६ वटा एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।