वाग्मती– वाग्मती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त पाण्डेलाई बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो ।


ADVERTISEMENT


बैठकले कोभिडविरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि बुधबार राति नै शपथ ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनले आन्तरिक मामिला तथा कानून र भौतिक पूर्वाधार विकास मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकासमन्त्रीमा कृष्ण खनाललाई नियुक्त गरेका थिए । रासस