काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालको नयाँ पार्टीमा लागेका नेताहरुलाई एमालेमै फर्किन आग्रह गरेका छन् ।


ADVERTISEMENT


बिहीबार नेकपा एमाले भक्तपुरद्वारा आयोजित कार्यक्रममा विशेष सम्बोधन गर्दै अध्यक्ष ओलीले बाटो बिराएकाहरुलाई मूल बाटोमै फार्किन आग्रह गरेका हुन् । बुधबार मात्रै नेता नेपालले निर्वाचन आयोग पुगेर नेकपा एमाले समाजवादी नामको नयाँ दल दर्ता गराएका थिए ।


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले एमाले नेताहरुलाई माधव नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पेश गरेको केन्द्रीय कमिटीको सूचिबाट आफ्नो नाम अप्ठ्यारो नमानेर फिर्ता गर्न आग्रह गरे । उनले भने, ‘म आग्रह गर्न चाहन्छु, माधव नेपालको लिस्टमा नाम लेखेर निर्वाचन आयोगमा पेश गरेका साथीहरु त्यो लिस्टबाट नाम कटाउनु होस्, यो तपाईं हामीले बनाएको पार्टी हो । यो पार्टीमा आउनु होस्, काम गरौँ, पार्टीलाई अगाडि बढाऔँ ।’

उनले कसैको इर्श्या, कुण्ठा र रिसमा पार्टीलाई कमजाृर पार्न नहुने बताए । उनले माधव नेपाल पक्षतिर लागेकातर्फ व्यंग्य गर्दै अघि भने, ‘हामी बहकिएर आफ्नै जिन्दगी बर्बाद गर्नु हुँदैन, राजनीतिक जिन्दगी अन्धकारमा पार्नु हुँदैन ।’

अध्यक्ष ओलीले नेता नेपालले कतिपय नेताहरुको नाम नसोधेर नै नयाँ दल दर्ताका लागि लिस्टमा राखेको जिकिर गरे । उनले माधव समूहमा लागेका नेताहरुलाई एमालेमा फर्काउन लाग्न नेता कार्यकर्तासँग आग्रह गरे ।