काठमाडौँ – ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।


ADVERTISEMENT


साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मीलाई भाद्र १ गतेदेखि लागू हुनेगरी डेपुटी सीईओमा बढुवा गरिएको हो । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।


ADVERTISEMENT

# # #


रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण गरिरहेका छन् ।

रेग्मीलेबेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् । बैंकिङ्ग क्षेत्रसँग सम्बन्धी दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् ।