काठमाडौँ–काठमाडौँ महानगरपालिकाले केहि समय घरबाट फोहोर ननिकाल्न आम व्यक्तिलाई आग्रह गरेको छ ।
काठमाडौँको फोहोर विसर्जन गर्ने नुवाकोटस्थित सिस्डोलमा रहेको ल्याण्डडफिल्ड साइटमा जाने सडक वर्षाका कारण अवरुद्व भएको भन्दै महानगरले सोमबार एक सुचना जारी गरी केहि समय घरबाट फोहोर ननिकाल्न नागरिकलाई आग्रह गरेको हो ।
‘ल्याण्डफल्ड साइटको सडक केहि दिनदेखि बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केहि समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दर्छौ’, जारी सुचनामा भनिएको छ ।
विर्सजन स्थल जाने मार्ग अवरुद्व भएपछि केहि समययता महानगरले फोहोर उठाउने कार्यलाई निरन्तरता दिन सकेको छैन । फलस्वरुपः हाल काठमाडौँका विभिन्न स्थानहरु फोहोर थुप्रिएका कारण दुर्गन्धित बन्न पुगेको छ ।
हाल फोहोर उठाउन सक्ने अवस्था नरहेपछि महानगरले तत्कालका लागि विभिन्न स्थानमा रहेका फोहोरमाथि किटनाशक औषधि छर्किन थालेको छ ।