काठमाडौँ– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको भन्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वाेच्चमा रिट दायर गरेका छन् ।


ADVERTISEMENT


शाक्यले सर्वाेच्चमा आफूलाई गैरकानूनी रुपमा प्राधिकारणबाट अपदस्थ गरी कुलमानलाई ल्याएको भन्दै घिसिङको नियुक्ति खारेजीको माग गरेका छन् ।


ADVERTISEMENT

# # #


कानुनी प्रावधान अनुरुप आफूलाई हटाउन नमिल्ने तर्क राख्दै प्राधिकरणको कार्यकारी निर्देशकमा उनलाई नै यथावत् राख्नुपर्ने शाक्यको माग छ ।

उनले आफ्नो रिटको विपक्षीमा  प्रधानमन्त्री शेर बहादुर देउवा तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री पम्फा भुसाल, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिती र कार्यकारी निर्देशक कुलमान घिसिङलाई राखेका छन् ।

कार्यकारी हितेन्द्रको कार्य सन्तोषजनक नभएको भन्दै ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवा समक्ष कुरा राखेपछि देउवाको आदेशमा गत साउन २७ गते नै हितेन्द्रको ठाउँमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको थियो ।