काठमाडौँ – सन् २०२३ को एकदिवसीय विश्वकपको आधारशीलाका रुपमा रहेको ओडीआई लिग २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज अघि नेपालले पपुवा न्यूगिनीसँग दुई वटा एकदिवसीय खेल खेल्ने भएको छ ।


ADVERTISEMENT


नेपालले ओमानमा पपुवा न्यूगिनीसँग आगामी सेप्टेम्बर ५ र ८ मा दुईवटा खेल खेल्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानका अनुसार खेल दिउँसो र राती (डे/नाईट) खेलाइने छ । दुबै खेलले एक दिवसीय मान्यता पाउने छन् ।


ADVERTISEMENT

# # #


ओमानमै दोस्रो साता हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजका लागि नेपालले पपुवा न्यूगिनीसँग खेल्न लागेको हो । टी–२० विश्वकपमा छनोट भएको पुपुवान्यूगिनीले नेपालसँग विश्वकपको तयारी स्वरुप खेलन सहमत भएको हो ।

नेपालले सिरिजका लागि २० सदस्यीय टोली छनोट गरेर त्रिवि क्रिकेट मैदानमा तयारी गरिरहेको छ ।