काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पताल प्रा. लि. सँग सम्झौता गरेको छ ।


ADVERTISEMENT


आइतबार भएको उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पताल प्रा.लि. मा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज/आईसीयू/एचसीयू, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्ज/क्याबिन, इन्भेस्टिगेशन, प्रोसिड्युयर चार्जमा १५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरले र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास राज्यूले हस्ताक्षर गरेका हुन् ।

देशका १०३ वटा शाखाहरुबाट बैँकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल कारोबार गर्न आग्रह गर्दै आएको छ ।