काठमाडौँ – संघीय संसद प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।


ADVERTISEMENT


निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको प्रतिनिधिसभा गत असार २८ गते सर्वोच्चले प्रतिनिधिभा विघटनलाई बदर गरेको थियो । त्यसपछि सरकारले साउन ३ गते आठौं अधिवेशन बोलाएको थियो । सर्वोच्चको आदेशपछि पुनः क्रियाशील भएको प्रतिनिधि सभाको आठौं अधिवेशन २९ दिन चलेर अन्त्य भएको हो ।


ADVERTISEMENT

# # #


अधिवेशनमा “आर्थिक अध्यादेश, २०७८”, “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८”, “विनियोजन अध्यादेश, २०७८”, “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८”, “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८” प्रस्तु भएका थिए ।

यस्तै “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८”, “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८”, “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८”, “नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८”, “कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८”, औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७८” समेत प्रस्तुत भए ।

यस्तै “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८”, “रेल्वे अध्यादेश, २०७८” र “शपथ सम्बन्धी अध्यादेश, २०७८” एवं सातौं अधिवेशनमा दर्ता भएको “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७” पनि सदनमा प्रस्तुत भएका थिए ।

सातौं अधिवेशनमा नै दर्ता भएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” सरकारले फिर्ता गरेको थियो ।

यसै अधिवेशनमा सर्वोच्चको परमादेशपछि संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिनिधिसभामा विश्वासको मत पाउन सफल भएका थिए । चालू अधिवेशनमा १८२ जना सांसदहरुले शून्य समयमा र जम्मा ५८ जना सांसदहरुले विशेष समयमा समसामयिक विषयहरुमा आ–आफ्नो भनाई राखेका थिए ।