एजेन्सी – अन्तरराष्ट्रिय मुद्रा कोषले कोभिडका कारण २०१९ को अन्त्यदेखि धरासयी भएको विश्व अर्थतन्त्र २०२१ मा तंग्रिने प्रक्षेपण गरेको छ । कोषको प्रक्षेपण अनुसार विश्व अर्थतन्त्र यस वर्ष ६ प्रतिशतले वृद्धि हुनेछ ।


ADVERTISEMENT


कोषले यस वर्ष एसियामा भारतले राम्रो आर्थिक प्रगति गर्ने प्रक्षेपण गरेको छ । विश्वमा शक्तिशाली मुलुकका रुपमा उदाएको चीनलाई समेत उछिन्ने गरी भारत अगाडि जाने प्रक्षेपण कोषको छ ।


ADVERTISEMENT

# # #


यस वर्ष चीनको आर्थिक वृद्धि ८ दशमलव १ प्रतिशत र भारतको ९ दशमलव ५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।