जनकपुर – नेपाल बिश्व हिन्दू महासङ्घको आयोजनामा पाकिस्तानमा भएको हिन्दू मन्दिर तोडफोडको विरोधमा प्रर्दशन गरेको छ ।


ADVERTISEMENT


मुस्लिम समुदायका केही व्यक्तिले त्यहाँको हिन्दू मन्दिर तोडफोड गरेको भन्दै दुई नम्बर प्रदेशको राजधानी जनकपुरको रामानन्द चोकमा महासंघले विरोध गरेको हो ।


ADVERTISEMENT

# # #


नारावाजी गरी विरोध कार्यक्रम सम्पन्न भएकोमा उक्त कार्यक्रमको अगुवाई प्रदेश महासचिव तथा कार्यबाहक अध्यक्ष मिथलेश झाँले गरेका थिए ।

प्रदर्शनीमा जिल्ला अध्यक्ष सतनारायण शाहसहित कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।