काठमाडौँ– नेकपा एमालेका नेता एवम् राष्ट्रिय यूवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ‘स्वास्थ्य माफियासंग मिल्नु भएको त, होइन?’ भन्दै प्रश्न गरेका छन् ।


ADVERTISEMENT


बिहिवार एक विज्ञप्ति जारी गर्दै नेता बस्नेतले एमबीबीएस पढ्न चाहने विद्यार्थीको संख्याभन्दा देशको क्षमता कम रहेको र विदेश गएर पढ्न बाध्य विद्यार्थीबारे विगतमा दिएका सम्बधन रद्द गर्ने स्वास्थ्यमन्त्री श्रेष्ठको योजनामाथि सो प्रश्न गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त प्रश्नसहित जारी उक्त विज्ञप्तिमा अन्य तीन प्रश्न समेत सोधिएका छन् । जसमा स्वास्थ्य मापदण्ड सहितका परीक्षा सञ्चालन एवम् खोप वितरण लगायतका प्रश्नहरु समेटिएका छन् ।

यस्तै, उनले भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि प्रकृया अगाडि बढाउन स्वास्थ्यमन्त्रीलाई आग्रह समेत गरेका छन् ।

नेता बस्नेतद्वारा जारी विज्ञप्ति

१. विद्यार्थीहरुको परीक्षा स्वास्थ्य मापदण्ड पुरा नगरी किन लिईदैछ ? वैकल्पिक उपायहरु अबिलम्बन गर्न किन सकिएन ?

२. खोप लगाउने र खोप प्रमाणपत्र लिन जनतालाई किन सास्ती ? यसलाई सहजिकरण गर्ने योजना के छ ?

३. मेयर, कांग्रेश उप–सभापतिको घरमा, होटेलमा खोप देखियो, धनकुटा नेपालि कांग्रसको लेटर प्याडमा तपाँई मन्त्रि स्वयमले तोक लगाएर खोप पठाउनु भएको छ । यो बारेमा तापाँईलाई नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ?

४. ११ हजार विद्यार्थी एमबीबीएस पढ्न चाहेका छन्, हाम्रो क्षमता १८२५ जना मात्र छ । बाँकी ९ हजार विद्यार्थि विदेश जान बाध्य छन्, ९० अर्ब विदेश जाँदैछ यो बारेमा विगतमा दिएका सम्बधन रद्द गर्ने भन्दै हुनुहुन्छ, तपाँई स्वास्थ्य माफिया संग मिल्नु भाको त होइन ? यसमा तपाईको योजना के छ ?

५. भक्तपुरका क्यानसर अस्पताल, अंग प्रत्यारोपण केन्द्र, क्षयरोग केन्द्र लगायतका लागि ४ अर्ब बजेट छुट्टीयको छ, यसलाई भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि प्रकृया अगाडि बढाईयोस् ।