काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा सेवाग्राही शनिवार बाथ र हार्माेन रोगको निःशुल्क ओपिडी सेवा लिन सक्ने भएका छन् ।


ADVERTISEMENT


नर्भिकद्वारा दुई साताअघिदेखि निःशुल्क सञ्चालन गर्दै आएको निःशुल्क ओपिडी सेवा अभियान अन्र्तगत यस पटक भने अस्पतालले दुई फरक–फरक क्षेत्रका विशेषज्ञद्वारा सेवा प्रदान गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


जसमा हार्माेन रोगसम्बन्धि सेवा नर्भिकमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ डा. मधु पाण्डे र बाथ रोगसम्बन्धि सेवा वरिष्ठ बाथरोग विशेषज्ञ डा. अभिलाषा शाहले दिन लागेका हुन् ।

आम व्यक्तिको जनस्वास्थ्य चेतना अभिवृद्विका निमित्त सञ्चालित सो अभियानमा सहभागि भई लाभ लिन अस्पतालले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाईलाई नाम टिपाएर निःशुल्क सेवा लिन सकिने सो अभियानमा प्रत्येक शनिवार सेवामा बस्ने सम्बन्धित विशेषज्ञ चिकित्सकहरुको विषयमा नर्भिकले पूर्वजानकारी अस्पतालको वेबसाइट र फेसबुक पेजबाट उपलब्त्र गराउँदै आएको छ ।