रुपन्देही– लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि चार दलले दाबी पेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न गरेका हुन् ।


ADVERTISEMENT


प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मका समयसीमा निर्धारण गरेका छन् ।


ADVERTISEMENT

# # #


माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ती चार दलका समर्थनमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीपदको दाबी पेश गरेका हुन् । उनी रोल्पा १ (क)बाट निर्वाचित भएका हुन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष प्रदेशसभाको ४१ सदस्य हस्ताक्षर सहित नयाँ सरकार गठनका लागि दाबी पेश गरिएको जानकारी दिए । प्रदेशसभामा हाल ८० सदस्य रहेकामा बहुमतका लागि ४१ सदस्य आवश्यक हुन्छ । कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ सदस्यले सरकारका लागि दाबी पेश गरेको जनाइएको छ । नेकपा (एमाले) भने सरकारका लागि दाबी पेश नगर्ने जनाइएको छ ।

सतासी सदस्य रहेको प्रदेश सभामा कारबाही र राजीनामापछि ८० सदस्य छन् । नवलपरासी पश्चिमबाट सूर्य चिह्न लिएर स्वतन्त्रबाट निर्वाचित प्रदेशखसभा सदस्य अजय शाही बुधबारदेखि चार दलको पक्ष लिएपछि नेपका (एमाले) का सदस्य ३७ छन् । रासस