काठमाडौं– वि.सं २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेधित क्षेत्र घोषणा गरेपश्चात् हर्नको प्रयोगमा कमी आएपनि पछिल्लो समयमा यसको कार्यन्वयन प्रभावकारी रुपमा नभएको भन्दै ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियानलाई पुनः निरन्तरता दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


महाशाखाले यसैअनुरुप नो हर्न अभियानललाई प्रभावकारी बनाउनआजदेखि ‘हर्न निषेध’ का लागि स्टिकर टाँस्ने अभियान शुरू गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त स्टिकर चालकले देख्ने गरि अगाडीको सिसामा टाँसिएको महाशाखाले जनाएको छ । महाशाखाका एसएसपी भट्टराईले नो हर्न अभियानलाई थप कडाई गर्न आजैबाट उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टिकर टाँस गरि अभियानलाई शुरु गरेको जानकारी दिए ।

उनले केहि समय यता अनावश्यक हर्नको प्रयोगमा क्रमश बृद्धि भैरहेको महशुस गरि हामीले यसलाई थप कडाई गर्न र अति आवश्यक नपरि हर्नको प्रयोग गर्नेलाई कडाईका साथ कारबाहीको दायरामा ल्याउन अभियानलाई पुनः गति दिएका बताए ।

जथाभावी हर्नको प्रयोगले ध्वनी प्रदुषण बढ्ने र यसले हाम्रो स्वास्थ्यमा समेत नकरात्मक असर गर्ने हुनाले अति आवश्यक नपरि हर्नको प्रयोग नगर्न समेत ट्राफिक प्रहरी महाशाखाले सम्पुर्ण सवारी चालकहरुलाई समेतअनुरोध गरेको छ ।