काठमाडौँ – कृषि विकास बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


मंगलबार भएको सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्जका तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


रु. १ हजार अंकित दरका ६० लाख कित्ता बराबरको ४ प्रतिशत व्याजदर रहेको “कृषि ऋणपत्र ”को सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक लि. र नेपाल स्टक एक्सचेन्ज लि.बीच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पश्चात कृषि विकास बैंकको “कृषि ऋणपत्र”को दोश्रो बजारमा कारोबार सुरु हुनेछ ।

उक्त अवसरमा कृषि विकास बैंक लि. का विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ, कम्पनी सचिव हिमलाल पौडेल, नेपाल स्टक एक्सचेन्जका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल, भेषराज नेपाल, नवराज थापा र एन.आई बी.एल एस क्यापिटल लि.का डिपुटी सिईओ मेख बहादुर थापाको समेत उपस्थिति रहेको थियो ।