काठमाडौँ – भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्नका लागि गठन गरिएको भूमि आयोग खारेज गरिएको भन्दै राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


युवा संघले बिहीबार काठमाडौंको मनोहरास्थीत सुकुम्बासी बस्तीबाट आयोग खारेज गर्ने निर्णयको विरोध गर्दै सरकारबिरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले कालो ब्यान र प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रदर्शनकारीले एमाले नेतृत्वको सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न खोज्दा वर्तमान सरकारले त्यसलाई खारेज गरेर जनघाती काम गरेको आरोप लगाएका छन् , उनीहरुले सरकारको जनघाती कामलाई सहेर बस्न नसक्ने चेतावनी दिए । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो ।