म्याग्दी– बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी धवलागिरी गाउँपालिका–६ बस्ने २९ वर्षीया भरीमाया गर्बुजालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


जिल्ला अदालत म्याग्दीबाट उक्त मुद्दामा ७ लाख ३८ हजार ८ सय ३२ रुपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेकी उनलाई बेनी नगरपालिका-८ कालिपुलबाट प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनलाई म्याग्दी जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।