पाल्पा– ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेवी गाउँपालिका–२ सर्देवा डेरा गरी बस्ने सोही गाउँपालिका–२ कोकलधारा घर भएका १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


ती महिलालाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।